अन्तर्राष्ट्रिय

युक्रेनमाथि पहिले नै पूर्ण शक्तिका साथ हमला गर्नुपर्थ्योः पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमाथि आक्रमण गर्दा पूर्ण शक्तिका साथ तयारी नगरेको स्वीकार गरेका छन्। बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा पुटिनले यस्तो बताएका हुन्। 

सन् २०२२ मा युक्रेनमाथि हमला गर्ने क्रममा रुसको तयारी पूरा नभएको बताउँदै यदि पहिले नै यो आक्रमण पूर्ण तयारीसाथ गरिएको भए, स्थिति फरक हुनसक्ने उनको बुझाई छ। 

उनका अनुसार, रुसले युक्रेनसँगको युद्धको लागि राम्रो तयारी गर्नुपर्ने थियो, त्यसको अभावले परिस्थितिलाई जटिल बनाएको छ। एक फरक प्रशंगमा पुटिनले सिरिया र बसर अल–असदसँगको रुसको सम्बन्धबारे सोधिएका प्रश्नमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘सिरिया एक जटिल परिस्थिति हो, तर यसलाई रुसको हारको रूपमा हेरिनु हुँदैन।’ 

आफूले छिट्टै असदसँग भेट्ने योजना पनि सुनाए। असद अहिले मस्कोमा शरण लिएर परिवारसहित बसिरहेका छन्। बीबीसीका अनुसार राष्ट्रपति पुटिनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धबारे पनि टिप्पणी गरे। 

उनले भने, ‘हामी चार वर्षदेखि भेट गरेका छैनौँ, तर यदि उनी चाहनुहुन्छ भने म भेट्न तयार छु।’ पत्रकार सम्मेलनले रुसको विदेश नीति, आन्तरिक आर्थिक अवस्था, र युक्रेनसँगको युद्धको बारेमा पुटिनले खुलेर कुरा गरेका छन्। 

प्रकाशित: ५ पुस २०८१ १०:२५ शुक्रबार

#NagarikNews #VladimirPutin #Ukraine