अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

दक्षिण कोरियाली प्रहरीले बुधबार राष्ट्रपति युन सुक–योलको कार्यालय र प्रहरी मुख्यालयमा छापा मारेको छ। बीबीसीका अनुसार सियोल महानगरीय प्रहरी र संसद् गार्डको कार्यालयमा पनि छापा मारेको प्रहरीले जनाएको छ। यो कारबाही राष्ट्रपति युन सुक–योलले सैन्य शासन लागू गरेपछि भइरहेको अनुसन्धानको हिस्सा हो।  

छापा मार्दा राष्ट्रपति युन कार्यालयमा थिएनन्। गत हप्ता मंगलबार र बुधबारको बीचमा, युनले देशमा सैन्य शासन लागू गरेका थिए। तर विरोधका कारण उनले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए। युनको यो कदमपछि राजीनामा माग्दै देशभर विरोध जारी रहेको छ।  

प्रकाशित: २६ मंसिर २०८१ ११:१० बुधबार

#Southkorea #President Yoon Suk Yeo