इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाएर लेबनानाले ड्रोन आक्रमण गरेको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत सो घटनाबारे जानकारी दिएको हो।
विज्ञप्तिमा नेतन्याहू र उनकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ।
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिवार बिहान लेबनानबाट उडाइएका अन्य दुई ड्रोनहरू इजरायलको हवाई सुरक्षा निकायले खसालेको थियो।
आक्रमण पछि नेतन्याहूले लेबनानले ड्रोन आक्रमण गरेर ठूलो गल्ती गरेको बताएका छन्।
उनले लेबनानाले मेरो हत्याका लागि बनाएको ड्रोन आक्रमणको योजना उसको लागि भयावह बन्न सक्ने चेतावनी दिँदै इजरायलले जित हासिल नगरेसम्म युद्ध जारी रहने बताए।
शुक्रवार प्रधानमन्त्री नेतन्याहूले हमासले हाल गाजामा १ सय १ जनालाई बन्धक बनाएको खुलासा गर्दै बन्धक बनाइएकामा छ जना इजरायली नागरिकसहित अन्य विभिन्न २३ देशका नागरिकहरू रहेको पनि बताएका थिए।
प्रकाशित: ४ कार्तिक २०८१ ०७:०९ आइतबार