अन्तर्राष्ट्रिय

चीनमा फैलिँदै ‘वेटल्यान्ड भाइरस’, जसले गर्छ मानिसको मस्तिष्कमा असर

चीनमा वेटल्यान्ड नामक भाइरस फैलिन थालेको छ। एक प्रकारको किर्नाको टोकाइबाट उक्त भाइरसले सङ्क्रमण गराउने गरेको पाइएको छ। भाइरसको नाम वेटल्यान्ड दिइएको हो। जसले मानिसको मस्तिष्कमा गम्भीर असर गर्छ।

उक्त भाइरसबारे सन् २०१९ मै चीनको जिनझोउ सहरमा पत्ता लागेको थियो। त्यो बेलादेखि नै विटल्यान्ड भाइरसबारे अनुसन्धान हुँदै आएको थियो। द न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा हालै प्रकाशित अध्ययन अनुसार उक्त भाइरसको सङ्क्रमण पछि मानिसमा ज्वरो आउने, वान्ता हुने र टाउको दुख्ने, निद्रा लागिरहने, पिठ्यू, ढाँड दुख्ने, झापखला हुने जस्ता लक्षणहरू देखिने गर्छ। साथै यसले ब्लड क्लट पनि गराउने गरेको बताइएको छ।

वेटल्यान्ड भाइरसका कारण सबैभन्दा पहिले ६१ वर्षिय एकजना पुरुषण सङ्क्रमित भएका थिए। उनी उत्तरी चीनको इनर मङ्गोलिया क्षेत्रमा रहेको ठूलो वेटल्यान्ड पार्कमा घुमिरहेका बेला उक्त भाइरसले उनलाई सङ्क्रमित बनाएको थियो। अध्ययन अनुसार किर्नाको टोकाइबाट उनी सङ्क्रमित भएका थिए। उक्त पार्कमा ठूलो सङ्ख्यामा किर्नाहरू पाइन्छ।

ती व्यक्तिमा एन्टिबायोटिक्सको कुनै असर नभएपछि उनको रगतबाट डीएनए र आरएनएको जाँच गरेर भाइरसबारे पुष्टि भएको थियो। वैज्ञानिकहरूले उक्त भाइरस अर्थोनएयरोभाइरसको समूहबाट रहेको बताएका छन्। साथै उक्त भाइरसको सङ्क्रमणबाट उपचार नै नुहने दुर्लभ रोग पनि हुने गरेको वैज्ञानिकहरूले बताएका छन्। क्रिमियर कान्गो हेमोरेजिक फिभर नामक दुर्लभ रोग पनि उक्त भाइरसको सङ्क्रम हुने गरेको वैज्ञानिकहरूको भनाइ छ।

वैज्ञानिकहरूका अनुसार यसअघि वेटल्यान्ड भाइरस कुनैपनि जनावर वा मानिसमा देखिएको थिएन। त्यसपछि १४ हजार ६ सय किर्ना जम्मा गरेर वैज्ञानिकहरूले अध्ययन सुर गरे। अध्ययन अनुसार किर्नाको ५ प्रजातीले उक्त भाइरस विकसित गर्ने गरेको पुष्टि भयो।

प्रकाशित: ६ आश्विन २०८१ १३:४१ आइतबार

#Wetland virus