अन्तर्राष्ट्रिय

टेलीग्रामका कार्यकारी प्रमुख पावेल पक्राउ

म्यासेज एप टेलीग्रामका कार्यकारी प्रमुख पावेल दुरोव पक्राउ परेका छन्।

बीबीसीका अुनसार उनलाई फ्रान्स प्रहरीले निजी जेट विमानबाट पक्राउ गरेको हो।

उनी आफ्नो निजी विमानबाट फ्रान्सको पेरिसबाट अजरबैजान जाने तयारीमा रहेको बेला पक्राउ परेका हुन्।

३९ वर्षीय दुरोवलाई म्यासेजिङ्ग एपसँग सम्बन्धित अपराधका लागि जारी भएको पक्राउ पुर्जिका आधारमा पक्राउ गरिएको फ्रान्स प्रहरीले बताएको छ।

प्रकाशित: ९ भाद्र २०८१ ०८:५६ आइतबार

#Telegram