अन्तर्राष्ट्रिय

पाकिस्तानी संसदको सुरक्षामा बिरालोलाई खटाइँदै

पाकिस्तानी संसदको सुरक्षामा अब बिरालोलाई पनि खटाइने भएको छ। संसदमा खटिने बिरालो खरिदका लागि पाकिस्तानको राजधानी विकास प्राधिकरणले १२ लाख पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ।

पाकिस्तानी सञचार माध्यमका अनुसार संसदमा बढ्दो मुसाको बिगबिगी नियन्त्रणका लागि बिरालोलाई ड्युटीमा खटाउन लागिएको हो।

पाकिस्तानी संसदमा मुसाको संख्या लगातार बढिरहेको छ। मुसाले संसदका महत्वपूर्ण कागजात पनि नष्ट गर्न थालेपछि अधिकारीहरू चिन्तित बन्न थालेका थिए। 

मुसाले संसदका विद्युत तथा इन्टरनेटका तार समेत काटेर हैरान पार्ने गरेका छन्। त्यसैले मुसा आतंकबाट मुक्ति पाउनका लागि संसदमा बिरालो खटाउने निर्णय गरिएको हो। -एजेन्सी

प्रकाशित: ६ भाद्र २०८१ ०९:०५ बिहीबार

#Parliament -Pakistan #mouse-Cat