अन्तर्राष्ट्रिय

वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियामा वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु भएको छ।

तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।

बीबीसीका अनुसार प्रधानमन्त्री कासिमले चेतावनी दिँदै आगामी मे महिनामा पनि वर्षाका कारण ठूलो क्षति हुन सक्ने भएकाले सबैलाई सतर्क रहन भने।

तान्जानियाको छिमेकी मुलुक केन्या र बारुन्डीमा पनि ठूलो वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।

प्रधानमन्त्री मजालिवाले जनवरीदेखि हालसम्म वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको र २३६ जना घाइते भएको बताए।

उनले आँधी र बाढीका कारण देशको रेलवे सेवा, सडक लगायतका क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताए।

प्रकाशित: १४ वैशाख २०८१ १०:३८ शुक्रबार

तान्जानिया बाढीमा परी १५५ जनाको मृत्यु २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित प्रधानमन्त्री कासिम मजालिवा