अन्तर्राष्ट्रिय

अमेरिकाले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने

अमेरिकाको संसदले यूक्रेन, इजराइल र गाजाका लागि ९५ अर्ब डलरको सहयोग उपलब्ध गराउने प्रस्तावलाई पारित गरेको छ।

आइतवार अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभ्समा यूक्रेन, इजराइल र गाजाको सहयोगका लागि ९५ अर्ब डलरको राहत प्याकेजसम्बन्धी प्रस्ताव पारित भएको थियो। उक्त प्रस्ताव माथिल्लो संसदबाट पारित भएसँगै अब राष्ट्रपति जो बाइडनले प्रस्तावमाथि  हस्ताक्षर गर्नेछन्। उनको हस्ताक्षरसँगै प्रस्ताव कार्यान्वयनमा जाने छ।

प्रस्ताव प्याकेजमा ६१ अर्ब डलर यूक्रेनका लागि छुट्याइएको छ भने २६.४ अर्ब डलरको सैन्य सहयोग इजराइलका लागि छुट्यइएको छ। जसमा ९.१ अर्ब डलर गाजामा मानवीय सहयोगका लागि दिइने छ। 

उक्त प्रस्तावमा ७९ मत पक्षमा प्रर्दा १८ मत विपक्षमा परेको थियो।

प्रकाशित: १२ वैशाख २०८१ १०:२२ बुधबार

अमेरिका ९५ अर्ब डलरको सहयोग सहयोग उपलब्ध इजराइल