काठमाडौं- सँधै व्हील चेयरमा रहने महान वैज्ञानिक स्टेफन हकिङ आम मानिस भन्दा हेराइमा मात्र होइन काममा पनि फरक थिए। सन् २०१४ मा जब हकिङ फेसवुकमा पहिलो पटक झुल्किए। उनले आफ्नो पहिलो पोष्टमा ‘जिज्ञासु’ बन्ने सल्लाह दिए।
उनले आफ्नो पहिलो फेसवुक पोष्टमा ‘म निरन्तर सृष्टिको रचनामा जिज्ञासु रहँदै आएको छु। समय र अन्तरिक्ष सँधैं रहस्य बन्दै आएको छ। तर यसमा मेरो कोशिस रोकिँदैन। एक दोस्रोबीच हाम्रो सम्वन्ध अनन्तरुपमा बढेको छ। अहिले मसँग यो यात्रा तपाईहरुसँग बाँढ्ने मौका रहेको छ र म यसमा उत्सुक पनि छु। जिज्ञासु बनौ। मलाई थाहा छ म सँधै जिज्ञासु बनिरहने छु,’ भनेका थिए।
विश्वप्रशिद्ध भौतिकशास्त्री हकिंगको ७६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको पुष्टि गर्दै पारिवारिले भनेको छ, हामीले हाम्रा प्रिय पितालाई आज गुमाएका छौँ, उहाँ एक महान वैज्ञानिक हुनुहुन्छ, उहाँ र उहाँको काम हाम्रो लागि जहिलेपनि प्रेरणादायी बन्नेछ।’
प्रकाशित: ३० फाल्गुन २०७४ ०७:३७ बुधबार