अन्तर्राष्ट्रिय

गाजामा धारा ९९ लागू गरेपछि इजरायलद्वारा युएन महासचिवको राजीनामा माग

इजरायलले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ। गाजामा महासचिव गुटेरेसले युएन बडापत्रको शक्तिशाली धारा ९९ लागू गरेपछि इजरायलले आपत्ति जनाउँदै उनको राजीनामा माग गरेको हो।

बीबीसीका अनुसार महासचिव गुटेरेसले गुद्धग्रस्त क्षेत्र गाजामा संयुक्त राष्ट्रको सबैभन्दा शक्तिशाली धारा ९९ लागू गर्दै युद्धविरामको अपिल गरेका हुन्। उनको यस अपिललाई संयुक्त राष्ट्र सङ्घमा इजरायलका राजदूत गिलाड एर्दानले महासचिव गुटेरेस नैतिक पतनको नयाँ स्तरमा पुगेको टिप्पणी गरे।

गिलाडले सङ्घर्ष विरामको अपिलले गाजामा हमासको आतङ्कलाई कायम राख्नमा सहयोगी भएको बताए।

संयुक्त राष्ट्र सङ्घका महासचिवको यस अपिलले गाजामा युद्ध लम्बिने र यसले हमासलाई जोगिन थप समय प्राप्त हुने गिलाडले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: २१ मंसिर २०८० ०७:०९ बिहीबार

इजरायल संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस राजीनामा माग गुद्धग्रस्त क्षेत्र गाजा