अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको हमासको दावी

हमासले इजरायली आक्रमणमा परी ५० जना बन्धकको मृत्यु भएको दावी गरेको छ। हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन्।  

हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई बन्धक बनाएको थियो भने सैयौं मानिसको हत्या गरेको थियो। 

इजरायली सेनाको पछिल्लो जानकारी अनुसार हमासले अझैपनि २२४ जना बन्धक बनाइराखेको छ।  

बीबीसीका अनुसार गाजामा हालसम्म युद्धका कारण ७ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा २ हजार ९ सयभन्दा बढी बालबालिका रहेका छन्। यस्तै इजरायल तर्फ पनि युद्धका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ।  

प्रकाशित: १० कार्तिक २०८० ०२:२५ शुक्रबार

हमास इजरायली आक्रमण ५० जना बन्धकको मृत्यु