अन्तर्राष्ट्रिय

चीनले दोक्लममा सैनिक संख्या बढायो : भारत

नयाँ दिल्ली- भारत र चीनको विवादित सीमा क्षेत्र दोक्लममा चीनले सैनिक संख्या बढाएको भारत बताएको छ। भुटानको भ्रमणको क्रममा रहेका बेला भारतीय विदेश सचिव एस जयशंकरले मंगलबार एक भटानी अधिकारी समक्ष कुराकानीको क्रममा चीनले सैनिक संख्या बढाएको आरोप लगाएका छन्।

चीन, भारत र भुटानको सीमामा पर्ने उक्त क्षेत्रमा चीनले सडक निर्माण गर्न लागेकोमा भारत पक्षको हस्तक्षेप पश्चात् सडक निर्माणको कार्य समेत अवरूद्ध भएको थियो।  

केही दिनअघि मात्रै दुवै पक्षको हितलाई ध्यानमा राखी उक्त सीमा विवादको अन्त्य भएको घोषणा दुवै पक्षले गरेपनि चीनले सैनिक संख्या बढाएसँगै विवाद बढ्ने भारतको दाबी छ।

चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा दोक्लम विवाद उठाएसँगै दोक्लम क्षेत्रमा सैनिक संख्या बढाइएको छ। उक्त सम्मेलनबाट चिनियाँ प्रधानमन्त्री सी जिङपिङ दोस्रो कार्यकालका लागि निर्वाचित हुनेछन्।

उक्त सम्मेलनअगावै चीनले सैन्य शक्तिको प्रदर्शन गर्ने भारतीय पक्षको अनुमान छ।

 

प्रकाशित: १९ आश्विन २०७४ ०६:५५ बिहीबार

चीनले दोक्लममा सैनिक संख्या बढायो भारत