स्वास्थ्य

महानगरवासीले जलन उपचारको लागि २ लाख बराबरको निःशुल्क सेवा पाउने

काठमाडौं महानगरवासी कुनै कारणवश जलनमा परेमा अव २ लाख बराबरको सुविधा पाउने भएका छन्।

काठमाडौं महानगरले जलन उपचारको लागि कीर्तिपुर  अस्पतालको लागि शुक्रबार १ करोड रुपैयाँ हस्तान्तरण गरेपछि उक्त सेवा पाउने भएका हुन्।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबार उक्त रकम हस्तान्तरण गरेकी हुन्। रकम हस्तान्तरण गर्दै मेयर डंगोलले पैसाको अभावको कारण जलन उपचारमा बाधा नपुगोस् भन्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको बताइन्।

‘जलनमा परेका व्यक्ति बोल्न पनि सक्दैनन्, पैसा पनि नहुन सक्छ, जलनमा परेका बिरामीलाई सहज र छिटो उपचार होस भन्ने उद्देश्यले उपचार कोष तयार गरेका हौँ,’उनले भनिन्।

निःशुल्क उपचार दिने उद्देश्यले काठमाडौं महानगरले कीर्तिपुर जलन अस्पतालमा एक वर्षको लागि १ करोड रुपैयाँ संकलन गरेको काठमाडौं महानगरका इन्चार्ज दीपक केसीले बताए।

उक्त रकम काठमाडौं महानगरवासीको लागि मात्र प्रयोग गर्ने उद्देश्यले संकलन भएको कीर्तिपुर जलन अस्पतालका वरिष्ठ बर्नप्लाष्टिक सर्जन डा. शंकरमान राईले बताए।

उनले भने, ‘महानगरले जलनका बिरामीको लागि हाल १ करोड जम्मा गरेको छ, यो जलनका बिरामीको लागि ठूलो राहत हो।’

प्रकाशित: २६ भाद्र २०८३ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App