त्रिभुवन विश्वविद्यालयले केन्द्रीय विभाग र आंगीक क्याम्पसहरूका लागि नयाँ विज्ञापन खुलाएको छ। विभिन्न संकायहरूका लागि ३ सय ४८ जना उपप्राध्यापकको माग गरिएको छ। त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धा मार्फत ४७ विषयमा उपप्राध्यापक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
त्रिविले व्यवस्थापन, कानुन, अर्थशास्त्र, अंग्रेजी, नेपाली, कम्प्युटर एप्लिकेसनलगायतमा विज्ञापन खुल्ला गरेको हो।
भदौ २९ देखि कात्तिक १२ गतेसम्म फारम भर्ने मिति रहेको छ भने दोब्बर दस्तुर दिएर त्यसपछि दोब्बर दस्तुर तिरेर कात्तिक १९ गते राति ११ बजेर ५९ मिनेटसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
प्रकाशित: २३ भाद्र २०८२ १०:३५ सोमबार