शिक्षा

त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प

जेन–जी आन्दोलनका कारण देशको जटिल परिस्थितिलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले केही दिनका लागि पठनपाठन स्थगित गरेको छ।

विश्वविद्यालयले क्रेडिट आवर पूरा गर्ने उद्देश्यअनुसार हिउँदे विदा कटौती गर्दै भदौ २९, ३०, ३१ र असोज १, २, ५ तथा कार्तिक ९ गतेका दिन विश्वविद्यालयमा हुने सबै पठनपाठन स्थगित गरिएको जनाएको छ।

विश्वविद्यालयको सूचना अनुसार देशको राजनीति अवस्था सामान्य भए कार्तिक ११ गतेबाट नियमित पठनपाठन फेरि सञ्चालन हुनेछ।

No description available.

प्रकाशित: २६ भाद्र २०८२ ०९:२५ बिहीबार