शिक्षा

खोटेहाङमा आईतबार पनि ‘स्कुल’ लाग्ने

खोटाङको खोटेहाङ गाउँपालिकाले संघीय सरकारको नीति कार्यान्वयन गर्न नसक्ने जनाएको छ । शिक्षण संस्थामा सातामा दुई दिन शनिबार र आईतबार बिदा दिने सरकारको निर्णय भएपनि खोटेहाङमा आइतबार विद्यालय सञ्चालन गर्न लागिएको हो ।  

गाउँपालिका शिक्षा समितिको बैठकले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको शिक्षा समिति संयोजक बसन्त राईले बताए ।  

बैठकले विद्यालयहरु वैशाख–१३ गतेदेखि पठन–पाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।  

प्रकाशित: १२ वैशाख २०८३ १७:५९ शनिबार