शिक्षा

जाडो बढे पछि विद्यालय बन्द

जाडो बढेपछि आगो ताप्दै पढ्दै । तस्बिर: रासस

केही दिन यता शीलहर, बाक्लो हुसुसँगैचलेका सिरेटाले जाडो बढे पछि कपिलवस्तुका ४ पालिकाका विद्यालय बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका तथा सुद्धोदन, मायादेवी र यशोधरा गाउपालिकामा तीन दिनदेखि एक सातासम्म विद्यालय बिदा गरिएको हो । ती पालिकाले सार्वजनिजक सुचना जारी गर्दै विद्यालयमा जाडो बिदा दिएको जनाएका छन ।  

यशोधरा गाउपालिका र मायादेवी गाउँपालिकाले पुस ९ देखि पुस १४ सम्म तथा कपिलवस्तु नगरपालिकाले पुस ९ देखि ११ तथा सुद्धोधन गाउपालिकाले पुस ११ देखि पुस १८ सम्म बिदा गरेको  हो । चिसो र शिलतहरले पठनपाठनमा समस्या आएको भन्दै विद्यालयमा बिदा गरिएको पालिकाको सुचनामा उल्लेख गरिएको छ ।  

जाडो र शीतलहरलाई मध्यनजर गर्दै बिदा गरिएको मायादेवी गाउँपालिका प्रमुख वली उद्दीन मुसलमानले बताए । जाडोले गर्दा प्राबिमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका थिए । जाडोले विद्यार्थीहरुको न्यून उपस्थितिले पठनपाठन प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन ।

प्रकाशित: ९ पुस २०८२ १९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App