कक्षा १२ को नतिजामा असन्तुष्टि रहेका विद्यार्थीले पुनर्योगका लागि अनलाइनमार्फत निवेदन दिन सक्ने भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले शुक्रबार एक सूचना जारी गर्दै पुनर्योगका लागि अनलाइन आवेदन खुला गरिएको जनाएको हो। कार्यालयले आवेदन दिनका लागि असार १२ गतेसम्मको समयसीमा तोकेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार पुनर्योगका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
प्रकाशित: ५ असार २०८३ १२:५५ शुक्रबार



