महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्। मंगलबार क्याम्पस कार्यकारी समितिको बैठकले खनाललाई सहायक क्याम्पस प्रमुख पदमा नियुक्त गरेको हो।
नियुक्ति पछि पदभार ग्रहण गर्दै खनालले यस क्याम्पसको शैक्षिक र प्रशासनिक कामलाई चुस्त,दुरुस्त बनाउनमा आफ्नो ध्यान रहने बताए।
यसैगरी, खनालले विगतमा देखिएका विकृतिहरूलाई अन्त्य गर्दै क्याम्पसको शैक्षिक उन्नयनमा आफु केन्द्रित रहने बताए ।
प्रकाशित: २३ भाद्र २०८३ १३:५० मंगलबार