शिक्षा

हिस्टुनको आन्दोलन देशभर

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले शनिबार देशभर प्रदर्शन गरेको छ । राज्यले नयाँ शिक्षा ऐन जारी गर्न लागिरहँदा शिक्षा विधेयकमा समेटिएका प्रावधानले शिक्षकको पेशागत भविष्य सुनिश्चित नहुने ठहरका साथ देशभर आन्दोलन चलिरहेको हिस्टुनले जनाएको छ ।

पछिल्लो समय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयक प्रतिनिधिसभामा टेबल गरिसकेको अवस्थामा विधेयकमा राखिएका शिक्षक विरोधी दफा सच्याइयोस् भन्दै संगठनले दवाब स्वरूप विविध विरोध कार्यक्रम सञ्चालन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

हिजो र आज देशका सबै जिल्ला सदरमुकाममा शिक्षक भेला भएर विरोधसभा र र्‍याली आयोजना गरेको अध्यक्ष टीकाप्रसाद न्यौपानेले बताए । 

प्रकाशित: २१ भाद्र २०८२ १९:३० शनिबार