शिक्षा

जेन-जीको आन्दोलनले त्रिविको शैक्षिक क्रियाकलाप स्थगित

जेन-जीले अव्यवस्थित राजनीतिक प्रणालीको विरोध गर्दै गरेको आन्दोलनले उग्र रूप लिएसँगै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू केही दिनका लागि स्थगित गरिएको छ।

मुलुकभर सिर्जित आकस्मिक विषम परिस्थितिका कारण देखाएर त्रिभुवन विश्वविद्यालयले मिति २०८२ भदौ २४, २५ र २६ गतेसम्म तीन दिनका लागि र प्रशासनिक तर्फ भदौ २४ र २५ गते दुई दिनका लागि सबै शैक्षिक गतिविधि स्थगित गरेको त्रिविले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८२ ०९:२४ मंगलबार