शिक्षा

दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर

सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँटी, दात र आँखा विशेषज्ञ स्वास्थ्य निःशुल्क शिविर सञ्चालन गरेको हो।  

जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक सिद्धराज भट्टले विद्यालयमै पुगी विशेषज्ञ चिकित्सकद्वारा नाक, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण र उपचार गरिएको जानकारी दिए।

शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको छ।

प्रकाशित: २ असार २०८३ २१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App