त्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ।
त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले सन् २०२० अघि रजिष्ट्रेशन भएका वार्षिक एवं सेमेस्टर प्रणालीका कार्यक्रममा अध्ययन पूरा गरी परीक्षा उत्तिर्ण भएको तर सोधपत्र बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको हो।
जसअनुसार २०८३ असार मसान्तसम्ममा सम्बन्धित डीन कार्यालयमा शोधपत्र बुझाउन सकिने प्राज्ञिक परिषद्को कार्यालयले जनाएको छ। यसबाट विभिन्न कारणले आफ्नो पढाई अधुरो राख्न बाध्य विद्यार्थीलाई फाइदा पुग्ने कार्यालयको विश्वास छ।
प्रकाशित: २ चैत्र २०८२ १३:२२ सोमबार