कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले भोलि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।
उनीहरूले विद्यार्थीलाई अन्याय भयो भन्दै खबरदारीस्वरुप प्रदर्शन गर्न लागेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर प्रदर्शन गर्ने तयारी भएको विद्यार्थीले बताएका छन् ।
विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
प्रकाशित: १० असार २०८३ १६:४३ बुधबार