शिक्षा

भोटेकोशी बाढी : सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनःप्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिए।

उनले पुनःप्रवेश परीक्षा र छात्रवृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताए।

भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन्। 

प्रकाशित: ११ भाद्र २०८३ १४:०३ बिहीबार