शिक्षा, विकास तथा समन्वय इकाइ कालीकोटमा कार्यालय सहयोगी र सवारी चालक नियुक्तिलाई लिएर प्रश्न उठेको छ।
शिक्षा, विकास तथा समन्वय इकाइ कार्यालय प्रखुम हर्ष प्रसाद चौलागाईले नातेदार पर्ने ज्वाइ टक्क पाण्डेलाई सरसफाइ तथा सुरक्षाको जिम्मेवारी दिएको र फुपुको छोरा दुगेश पाण्डेलाई सवारी चालकमा नियुक्ति दिइएको पाइएको हो।
कार्यालय प्रमुख चौलागाईले आफन्तसँग सम्बन्धित व्यक्तिहरूलाई विभिन्न जिम्मेवारीमा नियुक्त गरिएको भन्दै स्थानीयले ‘आफन्तको हालीमुहाली’ भएको आरोप लागेका हुन्। नियुक्ति प्रक्रिया पारदर्शी भए नभएको, छनोटका आधार के थिए र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाइएको थियो कि थिएन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने स्थानीयको भनाइ छ। यसै विषयमा प्रश्न गर्दा प्रमुख चौलागाईले भने केही भन्न चाहेनन्।
दरवन्दी अनुसार कार्यालय सहयोगी र सरसफाई सूरक्षाको लागि गरी दुइ जनालाई नियुक्ति गरेको सूचना अधिकारी सुनिता रोकायाले बताइन्। उनले भाद्र १ गतेदेखि लागुहुनेगरी नियुक्ति गरीएको बताइन्। उनले कार्यालय प्रमुखले आफन्तलाई नियुक्ति गरेको विषयमा जानकारी आफूहरूलाइ नभएको बताइन्।
प्रकाशित: २१ भाद्र २०८३ १२:३२ आइतबार



