शिक्षा

सिटिआरसीमा २० जनाको कार्यसमिति

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरअन्तर्गत रहेको कम्प्युटर टेक्नोलोजी एण्ड रोवोर्टट्रोनिक्स क्लब (सिटिआरसी) को अध्यक्षमा रमेश साउद चुनिएका छन्। कलेजको विद्यार्थी कल्याण तथा अतिरिक्त क्रियाकलाप शाखाका प्रमुख एसोसिएट प्रोफेसर सचिन श्रेष्ठलगायतको उपस्थितिमा भएको निर्वाचनबाट साउदको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा कुमार श्रेष्ठ, सचिवमा अमरेश शाह, सहसचिवमा सुरज सिंह कुँवर र कोषाध्यक्षमा इसना अमात्य निर्वाचित भएका छन्। कलेजमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इजिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागमा अध्ययनरत विद्यार्थीहरुबाट यी सदस्यहरु निर्वाचित हुने गर्दछ। यस्तै सल्लाहकार समितिमा अनिल तिरुवा र राजु श्रेष्ठ चुनिएका छन्।

निर्वाचित अन्य कार्यसमितिको सदस्यहरुमा लोकेन्द्रबहादुर भट्ट, युवराजकुमार महत्तो, अलिश श्रेष्ठ, बलराम राय, ध्रुब पाण्डे, सुवोध ढकाल, रिसब आचार्य, नारायण गौतम, सन्देश एन खतिवडा, विप्लब पनेरु, स्वस्तिका केसी, इरिका अधिकारी, अमन शाह, विमल रेग्मी र सुवर्ण खड्का छन्। कप्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल/रोबोटिक्स फिल्डलाई लक्षित गर्दै सिटिआरसीले विभिन्न इन्जिनियरिङ खोज अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्ने गर्दछ। इन्जिनियरिङ विधामा खोज तथा अनुसन्धान गर्न प्रोत्साहन गर्न प्रत्येक वर्ष सिटिआसीले विभिन्न ट्रेनिंग, वर्कशप तथा प्रतियोगिताहरु गर्दै आएको छ। साथै यसैसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि भाग लिने प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले बताए।

प्रकाशित: २८ पुस २०७८ १४:०८ बुधबार

कार्यसमिति