शिक्षा

मोडर्न इण्डियनको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’

मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन सम्पन्न भएको छ। मंगलवार मोडर्न इण्डियन स्कुलको वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’ को विमोचन कार्यक्रम स्कुलका संचालक सरदार प्रितम सिंहको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा स्कुलका शिक्षकहरूले सांस्कृतिक गीत संगीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए। 

कार्यक्रममा स्कुलका प्रिन्सिपल राजु पिटरले विद्यार्थीहरूलाई प्रोत्साहनको साथै भविष्यमा पनि यस्तो कार्यक्रमहरूको सञ्चालनलाई निरन्तरता दिइने भन्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १२ चैत्र २०७७ ०५:०२ बिहीबार

मोडर्न इण्डियन स्कुल वार्षिक प्रकाशन ‘माइलस्टोन २०२१’