सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय कुलिनरी आर्ट पठनपाठन गराउने भएको छ। होटेल व्यवसाय तथा आतिथ्य उद्योग क्षेत्रमा पेशागत तथा प्राज्ञिक जनशिक्त उत्पादन गर्ने उद्देश्यले सिल्भर माउन्टेनले यस शैक्षिक सत्रदेखि स्नातक तहमा इन्टरनेसनल कुलिनरी आर्ट विषयको पठनपाठन सुरु गर्ने भएको कलेजले जनाएको छ।
लैनचौरमा रहेको यस कलेजले बेलायतमा रहेको क्वीन मार्गरेट विश्वविद्यालयको सम्बन्धनमा संचालन गर्ने उक्त कोर्षले आतिथ्य सत्कारको क्षेत्रमा नेपालमै पेशागत तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न सक्ने कलेजका कार्यकारी अध्यक्ष समिर थापाले बताए। ‘चार वर्षे इन्टरनेसनल कुलिनरी आर्ट विषयको कोर्ष विशेष गरी खाद्य उत्पादन क्षेत्रमा महत्वकांक्षा राख्ने विद्यार्थीको लागि पेशागत रुपमा विकास गरिएको छ,’ अध्यक्ष थापाले भने ‘हाम्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनको दौरानमै विभिन्न आथित्य क्षेत्रमा संचालित उद्योगहरुमा प्रयोगात्मक र अनुसन्धान गर्न लगाइन्छ। जसले उनीहरुलाई पेशागत दक्षता प्राप्त गर्न सहयोग पुग्छ।’
उनले थपे ‘नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृतीमा सिल्भर माउन्टेनले संचालन गर्ने यो कोर्ष अध्ययन गर्नेहरु हालसम्म विश्वबजारमै सफलता पूर्वक विक्ने गरेको तथ्यांक छ।’ उनले यो विषय अध्ययनपछि उत्पादित दक्ष र पेशागत प्राज्ञिक क्षमता प्राप्त नेपाली जनशक्तिहरु उत्कृष्ट सेफ र खाद्य विज्ञको रुपमा विश्वमै काम गर्न सक्ने उनको भनाइ छ।
प्रकाशित: १४ माघ २०७७ ०४:०४ बुधबार