शिक्षा

न्यु होराइजनलाई उपाधि

पाल्पा, भदौ २३ (नागरिक) - प्याब्सन पाल्पाको आयोजनामा शनिबारदेखि तानसेन टुँडिखेल मैदानमा चलेको अन्तर बिद्यालय स्तरीय २०-२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन बोर्डिङ् स्कुलले हात पारेको छ। मंगलबारको फाइनल खेलमा न्यु होराइजनले पाल्पा आवासीयलाई ३० रनले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो।

टस जिति पहिले ब्याटिङ् रोजेको होराइजनले ५ बिकेटको क्षतिमा १ सय २९ रन जोडेको थियो। जसमा अशिष न्यौपानेले सर्वाधिक ५१ रन बनाएका थिए।

जवाफि ब्याटिङ्मा उत्रेको पाल्पा आवासियले पन्ध्र ओभरमा सबै बिकेट गुमाउँदै ९९ रन मात्र बनाउन सफल भयो। होराइजनका आशिष न्यौपानेले ५ बिकेट लिएका थिए। ब्याटिङ् र बलिङ्मा खरो उत्रेका आशिषले म्यान अफ द सिरिज हात पारे भने बेस्ट बलरको उपाधि आवासियका बिशाल गैरेले जित्न सफल भए।

४ दिन सम्म चलेको प्रतियोगितामा जिल्लाका ८ बिद्यालयको सहभागिता रहेको प्याब्सन पाल्पाका अध्यक्ष भेषराज सुवेदीले बताए।

प्रकाशित: २३ भाद्र २०६६ ०६:१९ मंगलबार