विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ।
बर्दिवास नगरपालिकाले एक सूचना जारी गर्दै हिजो (आइतबार)देखि लागू हुने गरी नगर क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट कट्टा हुने गरी असार १ देखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना जारी गरिएको उल्लेख गरिएको हो।
महोत्तरीमा करिब दुई सातादेखि तापक्रम ४० डिग्रीदेखि ४२ डिग्रीसम्म बढेपछि स–साना बालबालिकाहरू बढी प्रभावित हुन थालेपछि बर्दिवास नगरपालिकाले तीन दिनसम्म सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरेको हो। रासस
प्रकाशित: २ असार २०८२ ०६:४० सोमबार