शिक्षा

त्रिविका एक सय ८७ शिक्षक-कर्मचारी बिदाबाट फर्केनन्

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का एक सय ८७ जना शिक्षक-कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ। 

त्यस्तै दुई सय १३ जनाले उत्तीर्ण प्रमाणपत्र पेस नगरेको खुलासा भएको हो। डा. जीवन काफ्ले नेतृत्वको तीन सदस्यीय खोज समितिले आज त्रिवि पदाधिकारीहरूलाई यो प्रतिवेदन बुझाएको छ।  

समितिका संयोजक डा. काफ्लेका अनुसार समितिमा कृष्णहरि आचार्य सदस्य र दीपक तिवारी सदस्य-सचिव छन्। प्रतिवेदन बुझ्दै त्रिविका उपकुलपति खड्क केसीले उनीहरूले पाएको सेवा सुविधा ब्याजसहित असुल गरिने बताएका छन्। 

प्रतिवेदनमा उल्लेखित तथ्यहरूको यथाशीघ्र पुनः प्रमाणीकरण गर्न र थप छानबिन गर्न त्रिवि पदाधिकारीहरूले सोही समितिलाई जिम्मेवारी सुम्पेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८२ १५:३८ शुक्रबार

#NagarikNews