शिक्षा

कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना

कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेकाे कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ। 

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। तर उक्त  सूचना बोर्डको नभएको बताइएकाे छ।

राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायाण पोख्रेलले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिए। 

राष्ट्रिय परीक्षा बोर्डले निकालेको आधिकारिक सूचना 
गलत सूचना 

प्रकाशित: ५ वैशाख २०८२ १५:०१ शुक्रबार

#Rastriya Parikchya Board #Class 12 exam