शिक्षा

सरकार र शिक्षक प्रतिनिधिबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिहरूबीच सिंहदरबारमा वार्ता भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच सहमतिको विन्दु पहिल्याउन भन्दै कुराकानी भएको हो । पहिलो चरणको वार्ता सकारात्मक भएपछि शुक्रबार थप छलफलका लागि दुवै पक्ष बसेका हुन् । 

आजको वार्तामा सरकारी टोलीको नेतृत्व शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री र महासंघको नेतृत्व सहअध्यक्ष नानुमाया पराजुलीले गरेकी छन् । 

कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा छलफल केन्द्रित भएको वार्तामा सहभागी शिक्षक प्रतिनिधिले बताएका छन् । 

शिक्षकहरूले विभिन्न माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित: २९ चैत्र २०८१ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App