गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् ।
सिफारिस समितिले उनीसहित प्रा.डा. विश्वकल्याण पराजुली र प्रा।डा। सरोज कोइरालाको नाम सिफारिस गरेको थियो ।
कुलपति नियुक्त भएका तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन हुन् ।
प्रकाशित: २९ चैत्र २०८१ १८:०६ शुक्रबार