शिक्षा

अब परीक्षा केन्द्र निर्धारण स्वचालित विधिद्वारा

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट गर्ने भएको छ। स्वचालित विधि हाललाई काठमाडौं जिल्लामा नमुनाका रूपमा कार्यान्वनमा ल्याइने छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्ना विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो।

यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा विद्यालय र केन्द्रको दुरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ।

सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्नेगरी केन्द्र बाँडिएको छ। एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्नेगरी छनोट गरिएको छ। त्यस्तै दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्नेगरी व्यवस्था गरिएको जनाइएको छ।

प्रकाशित: ७ वैशाख २०८१ ०७:३८ शुक्रबार

राष्ट्रिय परीक्षा बोर्ड अब परीक्षा केन्द्र निर्धारण स्वचालित विधिद्वारा स्वचालित (र्‍यान्डम) प्रक्रिया