शिक्षा

इन्जिनियरिङ परिषदद्वारा दर्तावाला इन्जिनियरको दरखास्त आह्वान

नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको दर्ता परीक्षाको दरखास्त आवेदन आह्वान गरेको छ।

परिषद्ले बुधवार एक सूचना प्रकाशित गर्दै परिषदबाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाका लागि दुई हजार ५ सय परीक्षा शुल्क सहित यही पुस २९ गतेदेखि आगामी माघ ६ गतेसम्म र माघ ७ गतेदेखि माघ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त गर्न सक्ने व्यवस्था गरेको छ।

इच्छुक उम्मेदवारहरूले परिषद्को वेभ साइटमा गएर आवेदन फाराम भर्न सकिने व्यवस्था गरेको छ। परीक्षाको मितिलगायत अन्य विवरणका लागि पनि परिषद्को वेभ साइट हेर्न आग्रह गरिएको छ।

प्रकाशित: २५ पुस २०८० ०२:५९ बुधबार

नेपाल इन्जिनियरिङ परिषद् दर्तावाला इन्जिनियर दर्ता परीक्षा दरखास्त आवेदन आह्वान