शिक्षा

झोला नहुँदा कट्टाको बोरामा किताब

शान्नित्रिवेणी गाउँपालिका– ६ को मेहेलमुडीबाट डाँडा खेततर्फ आइरहेका बालबालिकाले बोराको कट्टाको झोला भित्र किताब राखेका छन्। अभिभावकले चामलको बोरालाई मिलाएर डोरी लगाई झोला तयार गरिदिएका हुन्।

दर्जी समुदायका बालबालिकाले विद्यालय जाँदा झोलासम्म नपाउने अवस्था छ। कालिकोटका विभिन्न स्थानीयतहमा शिक्षालागि भन्दै गैरसरकारी संस्थाले काम गरे पनि गरिब बालबालिका सम्म सहयोग पुग्न नसकेको स्थानीय देवानन्द जैसी बताए।

दर्जी समुदायका बालबालिकाले चामलको बोराको झोला बनाएर प्रयोग गरेको देख्दा आफू निकै भावुक भएको र पालिका सरकारलाई जानकारी गराएको उनले बताए।

यी बाल बालिका गाउँपालिकाको वडा नम्बर ५ का रहेका छन्। गाउँपालिकाले उनीहरूका लागि केही सहयोग गर्ने जनाएको छ।

प्रकाशित: ५ असार २०८० १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App