शिक्षा

ताप्लेजुङमा एसइईका लागि ११ परीक्षा केन्द्र

साविकभन्दा ६ कटौती, मैवाखोला र मिक्वाखोलामा छैनन् केन्द्र

फाइल तस्बिर

ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ११ वटा परीक्षा केन्द्र निर्धारण भएका छन्।  

यही चैत १९ गतेदेखि हुने एसइई परीक्षाका लागि अघिल्लो वर्षभन्दा यस वर्ष ६ वटा परीक्षा केन्द्र कटौतीमा परेका छन्। यस वर्ष मैवाखोला र मिक्वाखोला गाउँपालिकामा कुनै पनि परीक्षा केन्द्र तोकिएका छैनन्। शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार कम्तिमा १ सय ५० जनाभन्दा कम विद्यार्थी भएको स्थलमा परीक्षा केन्द्र निर्धारण गर्न नसकिने निर्देशिका आएकाले सोही अनुसार निर्धारण गर्दा दुई पालिकामा कुनै पनि परीक्षा केन्द्र कायम नभएको हो।

यस वर्ष फुङलिङ नगरपालिकामा भानुजन मावि, युवा वर्ष मावि कैंजले, बालसुवोधिनी संस्कृत मावि मेदिवुङ र सिद्धकाली मावि गरी ४ वटा परीक्षा केन्द्र कायम भएका छन्।

सिरिजङ्गा गाउँपालिकाका सिनाम मावि सिनाम र तेल्लोक मावि तेल्लोक गरी दुईवटा केन्द्र कायम भएका छन्। मैवाखोला र मिक्वाखोला गाउँपालिकाका कुनै पनि परीक्षा केन्द्र कायम नहुँदा बाँकी रहेका सबै पालिकामा १–१ वटा परीक्षा केन्द्र कायम भएका छन्। फक्ताङलुङ गाउँपालिकामा सिँवा मावि लिङखिम, मेरिङदेन गाउँपालिकामा त्रिभुवन मावि थुकिमा, पाथीभरा याङवरक गाउँपालिकामा थेचम्बु मावि थेचम्बु,सिदिङ्वा गाउँपालिकामा भञ्ज्याङ मावि लिम्बूदिन र आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती मावि हाङपाङ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।

यस वर्ष साविकमा कायम रहेकामध्ये फुङलिङको जनता मावि हाङदेवा, मैवाखोलाको मैवाखोला मावि ढुङगेसाँघु, मिक्वाखोलाको मोति मावि खोक्लिङ, आठराई त्रिबेणीको दुर्गा मावि फुलवारी, फक्ताङलुङको सरस्वती मावि तापेथोक र सिरिजङ्गाको गणेश मावि खेवाङ परीक्षा केन्द्र कटौतीमा परेका छन्।  

भानु जनमाध्यमिक विद्यालयमा लिटलबुद्ध आवासीय मावि, अक्सफोर्ड मोर्डल बोर्डिङ स्कुल, नवज्योति आवासीय मावि, कञ्चनजङ्घा आवासीय मावि, मेची सेन्टमेरिज आवासीय मावि, कञ्चन एकेडेमी र सिँवा मावि लिङखिमका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ। त्यहाँ दुई सय जना विद्यार्थीले परीक्षार्थीले परीक्षा लेख्नेछन्।  

सिँवा मावि लिङखिम परीक्षा केन्द्रमा आदर्श मावि खेजेनिम, रविकला मावि सावादिन,खेजेनिम मावि खेजेनिम, सरस्वती मावि तापेथोक, सुनदेवी मावि इखाबु,सरस्वती च्यारिबुक मावि लेलेप, पार्वती मावि तापेथोक, सेवालुङ मावि इखाबु, मयाम मावि फुरुम्बु र मोति मावि खोक्लिङका विद्यार्थीले परीक्षा लेख्नेछन्। त्यहाँ १ सय ५१ विद्यार्थी रहनेछन्।  

युवावर्ष मावि कैजलेमा भानुजन मावि फुङलिङ, नारायणी मावि साँघु,मैवाखोला मावि ढुङ्गेसाघु,सरस्वती मावि हाङपाङ र पृथ्वी मावि खाम्लुङका (प्राविधिक धारतर्फ)का तथा साधारण र खुल्लातर्फ जनता मावि हाङदेवा, भानुजन मावि,साङ्क देछ्योलिङ र सरस्वती मावि हाङपाङका गरी कुल १ सय ८८ जनाले परीक्षा लेख्नेछन्।  

बाल सुबोधिनी संस्कृत माविमा भानुजन मावि साधारणतर्फ र सिद्वकाली मावि दोखुका गरी २ सय २१ परीक्षार्थीले परीक्षा लेख्नेछन्।

१ सय ५४ जना परीक्षार्थीले परीक्षा दिने त्रिभुवन मावि थुकिमामा पान्दोलुङ मावि नाल्बु,साँवा मावि साँवा, पृथ्वी मावि खाम्लुङ(साधारण), सिँहकालीमावि थिङलाबु, लक्ष्मी मावि लिङतेप, बाल्देन मावि पापुङ, सूर्यदेवी मावि सान्थाक्रा, सुर्के मावि थुकिमा र पञ्चेश्वरी मावि लिबाङका परीक्षार्थीले परीक्षा दिनेछन्।  

सिनाम मावि परीक्षा केन्द्रमा १ सय ७६ परीक्षार्थीले परीक्षा दिनेभएका छन्। उक्त परीक्षा केन्द्रमा आम्बेगुदिन मावि रजा ,सरस्वती मावि साब्लाखु,बाल कल्याण मावि सुरुम्खिम, भञ्ज्याङ मावि लिम्बूदिन र सरस्वती मावि सिकैचाका विद्यार्थीले परीक्षा दिनेछन्।  

थेचम्बु मावि परीक्षा केन्द्रमा कालिका मावि तिरिङ्गे, कालिका मावि नाङखोल्याङ, शारदा मावि थुम्बेदिन, चाक्सिबोटे मावि चाक्सिबोटे, सिद्धेश्वरी मावि डुम्रिसे, सिम्बु मावि फावाखोला र २०७९ को ग्रेडवृद्धिका सबै परीक्षार्थी गरी कुल १ सय ५५ विद्यार्थीले परीक्षा दिनेछन्।  

तेल्लोक मावि तेल्लोक परीक्षा केन्द्रमा गणेश मावि खेवाङ, कञ्चनजंघा मावि याम्फुदिन, राष्ट्रिय मावि पेदाङ, सिनाम मावि सिनाम र लक्ष्मी मावि मामाङ्खेका गरी कुल १ सय ५१ परीक्षार्थीले परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ।  

भञ्ज्याङ मावि लिम्बूदिनमा सिद्धेश्वरी मावि सादेवा, तेल्लोक मावि तेल्लोक, सिंहेश्वरी मावि आङखोप र निलगिरी मावि मेहेलेका २ सय ८ जना परीक्षार्थीले परीक्षा लेख्नेछन्।  

सरस्वती मावि हाङपाङ परीक्षा केन्द्रमा नारायणी मावि साँघु (साधारण), परमसिंहदेवी मावि निघुरादिन, गुप्तेश्वर मावि फुलवारी, सरस्वती मावि फुलवारी, जनकल्याण मावि ढुङगेसाँघु, त्रिभुवन मावि थुकिमा, महेन्द्र मावि फाकुम्बा, पार्टीडाँडा मावि फाकुम्बा, चाँगे मावि चाँगे, छातेढुङ्गा मावि चाँगे, दुर्गा मावि फुलवारी र मैवाखोला मावि ढुङगेसाँघु (साधारण धारतर्फ)का २ सय ३६ परीक्षार्थीले परीक्षा लेख्नेछन्। यो केन्द्र जिल्लामा सबैभन्दा बढी परीक्षार्थी रहेको केन्द्र हो।  

सिद्धकाली मावि दोखु परीक्षा केन्द्रमा थेचम्बु मावि थेचम्बु, युवाबर्ष मावि कैंजले दोखु,वीरेन्द्र मावि देवलिङ्गे र बासुसं मावि मेदिवुङका १ सय ५४ परीक्षार्थीले परीक्षा लेख्नेछन्।  

यस वर्ष ताप्लेजुङमा साधारण धारतर्फ नियमितमा १ हजार ३ सय ४० तथा ग्रेडबृद्धिका ५ सय ४७ र प्राविधिक धारतर्फ नियमितका १ सय ३ र ग्रेडबृद्धिका १९ गरी कुल २ हजार ९ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८२ १३:०० सोमबार