अर्थ

१३ सयले बढ्यो सुन, घट्यो चाँदी

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा परिवर्तन देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेर तीन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने सुन प्रतितोला तीन लाख १३ हजार ५०० रुपैयाँ पुगेको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य भने केही घटेको छ। सोमबार प्रतितोला पाँच हजार ५९५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँ घटेर पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ। 

प्रकाशित: १२ फाल्गुन २०८२ १०:५६ मंगलबार