अर्थ

आइतबार सुनचाँदीको मूल्य कति ?

आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको बताएको छ।  

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुन आज घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको हो।  

त्यसैगरी, चाँदीको मूल्य शुक्रबार प्रतितोला ४  हजार ५ सय २५ रुपैयाँ थियो भने आइतबार २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार गरिएको छ।

प्रकाशित: २० पुस २०८२ ११:१० आइतबार