अर्थ

निराश छैनौँ, रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ : शेखर गोल्छा

उद्यमी शेखर गोल्छाले पछिल्लो आन्दोलनमा भएको क्षतिबाट आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन्। मंगलबार भएको युवा आन्दोलनका क्रममा गोल्छासहित देशका धेरै उद्योगीले ठूलो क्षति बेहोरेका थिए। 

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमार्फत देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना पनि गरेका छन्। उनले लेखेका छन्, ‘हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।’  

यस्तो छ उनको स्ट्याटस  

देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्। केही व्यवसायीमाथि भएको बीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निराश वा विचलित भएको छैन। आजको सुनौलो बिहानसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु। अन्धकारपछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् 🙏अर्हं

प्रकाशित: २७ भाद्र २०८२ १०:४६ शुक्रबार