अर्थ

‘स्वदेशी खाउँ, स्वदेशी लगाउँ’ भन्ने नाराले सार्थकता पाउँदै

‘स्वदेशी खाउँ, स्वदेशी लगाउ, उद्यमशिलता प्रोत्साहन गरौ’ भन्ने नाराले सार्थकता पाईरहेको महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले बताएकी छन् ।  

महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष  ज्ञवालीले यो नारालाई सार्थकता दिन दशक अघिदेखि प्रयत्नशिल रहेको बताइन ।  

घरेलु, साना र मझौला उद्योगको विकास नहुँदासम्म देश समृद्ध नहुने उनको भनाइ छ । यो नारा कर्णाली  प्रदेश सरकारले लागु गरिसकेको बताउँदै उनले देश समृद्ध भएमात्रै त्यो देशका नागरिक समृद्ध हुने भएकाले देशको समृद्धिका लागि घरेलु, साना र मझौला उद्योग स्थापना, सञ्चालन र विकास जरुरी रहेको औल्याईन ।

गुलरिया महिला उद्यमी संघ बर्दियाको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै ज्ञवालिले भनिन,‘ मन्त्रालयमा रहेका कार्यकक्ष वा सभा हलमा स्वदेशमा उत्पादन भएको सामान प्रयोग गरिरहेको देख्दा, अब स्वदेशी खाउँ, स्वदेशी लगाउँ भन्ने नाराले सार्थकता पाईरहेको देखिरहेको छु,।’

महासंघले आफ्नै देशमा रोजगारी दिनका लागि तीन प्रतिशत ब्याजमा पाँच वर्षका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन नीतिगत व्यबस्थाका लागि गरेको पहलको रिजल्ट आईसकेको उनले जानकारी दिईन । 

प्रकाशित: १४ भाद्र २०८२ १८:४६ शनिबार