अर्थ

एकै दिन ११ हजारले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?

नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ। 

आज सुन एकै दिन प्रतितोला ११ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज छापावाल सुन प्रतितोला तीन लाख १७ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख २८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदी प्रतितोला पाँच हजार पाँच सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ११:२३ बुधबार