देशका विभिन्न स्थानमा बाढी र पहिरोले जनधनको क्षति पुर्याइरहेका बेला राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्गको सबैभन्दा लामो सुरुङमार्गको ब्रेकथ्रु भएको छ।
आयोजनाअन्तर्गत निर्माणाधीन ३.४८६ किलोमिटर लामो धेद्रे-महादेवटार सुरुङमार्ग सफलतापूर्वक ब्रेकथ्रु भएको साइटका इन्जिनियर मंगालाल श्रेष्ठले बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यसलाई बाढीले ल्याएको जीवन–मरणको दुःखका बीच आएको सुखद खबरका रूपमा उल्लेख गर्दै आयोजनामा संलग्न सबैलाई बधाई तथा शुभकामना दिएका छन्।
यो उपलब्धिलाई द्रुतमार्ग निर्माणको महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ।
प्रकाशित: १९ भाद्र २०८३ ०८:१५ शुक्रबार