अर्थ

रिलाइन्सले तिर्यो विद्युत महशुलको पहिलो किस्ता, बिलुली जडान

रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड महशुलबापतको विद्युत् महशुल रकम तिर्न सुरु गरेको छ।  

बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले पहिलो किस्ताबापत २ करोड ७७ लाख रुपैयाँ बिहीबार बुझाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। रिलायन्सले ७५ करोड ३७ लाख रुपैयाँ तिर्न बाँकी छ।  

सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता तिरेपछि विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।  

रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको थियो।

 

 

प्रकाशित: २० कार्तिक २०८२ १६:२४ बिहीबार