अर्थ

विधानविपरित उम्मेदवारी दर्ता

विधानविपरित नेपाल उद्योग वाणिज्य महासंंघ कर्णाली प्रदेशको नयाँ कार्यसमितिको मनोनयन गर्दा सम्पन्न भएको छ । सुर्खेत वाणिज्य संघ कर्णाली प्रदेशमा ९८ जना सदस्य छन् । विधानमा बस्तुगत उपाध्यक्ष हुनका लागि १५ जना सदस्य र एसोसिएट्स उपाध्यक्ष हुनका लागि एक सय जना भन्दाबढी सदस्य हुनुपर्छ ।

महासंघ कर्णाली प्रदेशका कार्यकारी निर्देशक महेशकेशर खनालका अनुसार एसोसिएट्सतर्फ ७९ जना, बस्तुगततर्फ ८ जना र जिल्ला नगरतर्फ ११ सदस्य छन् । विधान अनुसार एसोसिएट्स र बस्तुगततर्फ उपाध्यक्ष कुनै पनि सदस्य हुन पाउँदैनन् ।

महासंघको विधानको ५३।३ खमा उपाध्यक्षमा उद्योग र वाणिज्यबाट १, बस्तुगतमा १५ जना भन्दाबढी सदस्यहरु भएमा १ जना र एसोसिएट्समा एक सय जना भन्दाबढी सदस्य भए एक जना गरी तीन जना रहने व्यवस्था छ । विधानविपरित जिल्ला नगरबाट सिफारिस भएर आएका दैलेख उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलबहादुर विकले एसोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने  बस्तुगततर्फ प्रेम भण्डारीले उम्मेदवारी दिएका छन् । उद्योग, वाणिज्यतर्फ सल्यान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुधन श्रेष्ठको उम्मेदवारी परेको छ ।

विधान अनुसार बस्तुगततर्फ १५ जना सदस्य भएपछि मात्रै उपाध्यक्ष हुन पाउने व्यवस्था छ भने एसोसिएट्सतर्फ एक सय जना भन्दाबढी सदस्य भएमा मात्रै उपाध्यक्ष राख्नुपर्ने व्यवस्था छ । निर्वाचन अधिकृत विवश बस्नेतले व्यवहारिक रुपमा कार्यसमिति चयनको काम भइरहेको बताए । ‘मनोनयन दर्तादेखि अन्य सबै प्रक्रियाहरु महासंघ कर्णाली प्रदेशले गरिरहेको छ,’ उनले भने, ‘निर्वाचनमा प्रतिष्पर्धा नभएर सर्वसम्मत हुने प्रक्रियामा रहेको छ ।’

प्रकाशित: २२ चैत्र २०८२ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App