अर्थ

गत आवमा सात खर्ब २० अर्बको घरजग्गा कारोबार

गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ।

राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो। 

आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ।

अघिल्लो आवको तुलनामा २०८/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो।

प्रकाशित: ३० भाद्र २०८३ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App