अर्थ

सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा गरेको हो।

आज विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार यस वर्ष व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्ने व्यक्तिमा राजबहादुर शाह बनेका छन्। उनी २०७७, २०७९, २०८० र २०८२ सालमा पनि धेरै कर तिरेवापत सम्मानित भएका थिए।

निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ।

हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ। कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।

प्रकाशित: १ मंसिर २०८३ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App