फोटोन मोटर्स नेपालले धनगढीमा ग्राहक र ब्रान्ड प्रतिनिधिहरूलाई एकै स्थानमा समेट्दै ‘स्ट्रेन्दनिङ कस्टमर ट्रस्ट थ्रु डाइरेक्ट इंगेजमेन्ट’ भन्ने मूल नारासहितको ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ।
आफ्ना ग्राहकसँग नजिक रहेर दीर्घकालीन सम्बन्ध निर्माण गर्ने फोटोनको निरन्तर प्रयासअनुरूप कार्यक्रम आयोजना गरिएको थियो।
यो ग्राहक भेटघाटको मुख्य उद्देश्य प्रत्यक्ष अन्तरक्रियामार्फत फोटोन सवारीसाधनको ‘कस्टमर फर्स्ट ’ दृष्टिकोणलाई अझ मजबुत बनाउनु रहेको थियो। कार्यक्रममा विश्वास निर्माण, ग्राहक अनुभव बुझ्ने, फिडब्याक संकलन गर्ने तथा नेपालको पश्चिमी क्षेत्रका ग्राहकसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्ने विषयमा विशेष ध्यान दिइएको थियो।
‘धनगढी कस्टमर मिट’ ले ग्राहकलाई फोटोन टिमसँग प्रत्यक्ष संवाद गर्न खुला मञ्च प्रदान गरेको थियो। ग्राहकले गाडीको प्रदर्शन, सर्भिस सपोर्ट र दैनिक सञ्चालनसँग सम्बन्धित अनुभवहरू साझा गरेका थिए भने ब्रान्डसँगका आफ्ना भावी अपेक्षाहरूबारे पनि छलफल गरेका थिए।
प्रकाशित: २३ माघ २०८२ १०:३९ शुक्रबार